बझाङ। नेकपा (एमाले) जयपृथ्वी नगर कमिटीले आज (शनिबार) देखि चैनपुरमा प्रशिक्षक÷प्रशिक्षण तालिम सुरु गरेको छ।
पार्टी कार्यालयमा आयोजित दुई दिने प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा बझाङ जिल्ला इन्चार्ज राजेन्द्र सिंह रावलले गरे।
उनले बैचारिक र राजनीतिक रुपमा कार्यकर्ताहरुलाई मजबुत बनाउन प्रशिक्षणले सहयोग पुग्ने बताए।
‘पार्टीको सिद्धान्त, विचार र कार्यक्रमहरु जनताका माझमा लैजान जरुरी छ,’ उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले परिकल्पना गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियानलाई पनि गाउँ बस्ती स्तरमा लैजानका लागि यस्ता प्रशिक्षणहरुले ठूलो भूमिका निर्वाह गर्छन।’
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका रावलले प्रशिक्षणमार्फत सबै पार्टी नेता हरुको बुझाईमा एकरुपता आउने र उनीहरु एकीकृत ढंगले गाउँ, टोलमा पुग्ने विश्वास व्यक्त गरे।
दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमको अध्यक्षता जयपृथ्वी नगर कमिटीका अध्यक्ष केशव रोकायाले गरेका थिए। पहिलो दिन पोलिटव्युरो सदस्य रावलले ‘महाधिवेशनद्धारा पारित सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा’ विषयमा प्रशिक्षण दिएका छन्।
यस्तै केन्द्रीय कमिटी सदस्य आशा कुमारी विकले ‘समाज, राज्य र कम्युनिष्ट पार्टी’ का बारेमा प्रशिक्षण दिइन।
यस्तै एमाले केन्द्रीय कमिटी सदस्य ऐन महर, प्रदेश कमिटी सदस्य दील बहादुर भण्डारी, जिल्ला अध्यक्ष दमन भण्डारी, जयपृथ्वी नगरपालिकाका निवर्तमान नगर प्रमुख विरेन्द्र खड्का र जिल्ला सचिवालय सदस्य लोकेन्द्र बहादुर सिंहलगायतले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वर बहादुर द्धालले जानकारी दिएका छन्।