अत्तरिया : कैलालीको स्याउलेमा भोलीबाट गौरा बिशेष कार्यक्रमको आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका-८ स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिर परिसरमा भदौ ११ गते (भोलि) देखि गौरा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
हरेक बर्ष झै यसबर्ष पनि भदौ ११ गते देखि १५ गतेसम्म मेला लाग्ने स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन । उनले विगतका वर्षहरूमा झै यस वर्ष पनि गौरा पर्वको संस्कृति संरक्षण गर्नको लागि मेला आयोजना गरिएको बताए ।
कार्यक्रम गौरापर्व समिति, स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सयुक्त आयोजनामा सञ्चालन गरिने जनाइएको छ। गौरापर्व विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनि उपस्थिति रहने जनाईएको छ ।
जसअन्तरगत दार्चुलाकी गंगा धामी, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी, कञ्चनपुरकी पुष्पा जोशी र कैलालीका गणेश बिष्टको सहभागिता रहने आयोजकले जनाएको छ ।
