कैलालीको स्याउलेमा गौरापर्व विशेष मेला सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा गौरापर्व विशेष मेला सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच गौरापर्व विशेष मेला सुरु गरिएको हो ।

स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा सुरु भएको मेलाको स्याउलेकी जेष्ठ नागरिक पार्वती खड्काले उद्घाटन गरेकी थिइन । धर्मेश्वर फाउन्डेसनको आयोजनामा गौरापर्व विशेष मेला सुरु गरिएको छ ।

स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा, गोपाल देउवा, मनिस देउवा र विरेन्द्र देउवाले खोलेको फाउण्डेशनले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

मेलामा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लब सहयोगी रहेका छन् ।  ११ गते सोमबारबाट शुरु गरिएकोे मेला भदौ १५ गतेसम्म संचालन हुने छ । मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थीती रहेको छ ।

मेला अवधिभर हरेक दिन परक फरक देउडा कलाकारहरुले देउडा खेलाउने आयोजक गोपाल देउवाले बताएका छन् । मेलामा दार्चुलाकी गंगा खत्री, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी, कञ्चनपुरकी पुष्पा जोशी र कैलालीका गणेश बिष्टको सहभागीता रहने छ ।

सोमबार पहिलो दिन मेलामा दर्शकहरुको ठुलो भिड रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.