अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ मा रहेको गोदावरी सामुदायिक वनमा बस्दै आएका वाढी पीडितलाई १ लाख बराबरका सामाग्री सहयोग गरिएको छ । गोदावरी नगरपालिकाका युवाहरुले चन्दा संकलन गरेर सोमबार वाढी पहिरो पीडित बनेका ८ परिवारलाई उक्त सहयोग गरेका हुन ।
भ्यागुतेपानि, दोगडामा पहिरो जाँदा विस्थापित भएकाहरुको लामो समय वितिसक्दा पनि कुनै सुनुवाई नभएपछि गोदावरी नगरपालिकाका स्थानीय युवाहरुले व्यवसायीहरुसंग चन्दा संकलन गरि राहत सामाग्री वितरण गरेका थिए ।
जसअन्तरगत एक लाख ५० हजार संकलन भएकोमा १ लाख बराबरको राहत सामग्री ८ परिवारलाई वितरण गरिएको हो । जसअन्तरगत खाद्यान्न, सावुन, तेल, झुल, म्याट (पिफम) लगायतका सामाग्री वितरण गरिएको थियो ।
बाँकी ५० हजार बराबरको राहत सामग्री बुढीतोलमा पहिरोका कारण विस्तापित भएकाहरुलाई वितरण गरिने युवा नेता विराज विष्टले बताएका छन ।