अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ र ‘वाटर फाउन्टिङ’ जडान

अत्तरिया : कैलालीको अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ। गोदावरी नगरपालिकाले रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै चेकमा उक्त लाइट जडान गरेको हो।

Godawari_Tato hawa_Lu

उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ। ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफैँ खुल्ने र बन्द हुने प्रविधिको छ।

अत्तरिया चोकमा ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ। उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जगेर्ना गर्ने खालका तस्बिर देखिने जनाइएको छ ।

यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ। यसअघि नगरपालिकाले मङ्गलबार चोकमा रहेको ‘बिलबोड’ पनि हटाएको थियो।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.