नेपाल बाल संगठन जिल्ला कार्यसमितिद्धारा सेभहाउसलाई खाद्यान्न सहयोग

चुरेको शुक्र माध्यमिक बिद्यालयमा निःशुल्क आखा शिबिर तथा बालगित प्रतियोगिता आयोजना

अत्तरिया : नेपाल बाल संगठन जिल्ला कार्यसमिति धनगढी कैलालीले सेभहाउसलाई खाद्यान्न सहयोग गरेको छ । अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसमा रहेका बालबालिकाहरुलाई बालदिवसको अवसरमा मिठाई तथा खाद्यान्न सामाग्रीहरु सहयोग गरेको हो ।

जसमा चामल २ सय केजी, दाल ३५ केजी, तरकारी ५० केजी, तेल, मरमसला लगायतका सामाग्रीहरु सहयोग गरेको छ भने सेभहाउका बालबालिकाहरुलाई मिठाई समेत वितरण गरेको छ । बाल संगठन कैलालीका सभापति चूडामणि भट्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी अत्तरिया स्थित पदमा अस्पतालका प्रबन्धक डा. नर बहादुर मौनी रहेका थिए । २०७३ सालमा स्थापना भएको सेभ हाउसमा अनाथ, असहाय, टुहुरा, घरबारबिहीन र विभिन्न समस्याबाट जेलिएका करिब ४० बालबालिका रहेका छन् ।

यस्तै नेपाल बाल संगठन जिल्ला कार्यसमिति धनगढीले आजै शुक्र माध्यमिक बिद्यालय चुरे ५ खानिडाडामा पनि निःशुल्क आखा शिबिर तथा बालगित प्रतियोगिता आयोजना गरेको छ । एक दिने शिविरमा ४ सय ३२ जना विद्यार्थीहरुको आखा परिक्षण गरिएको बाल संगठन कैलालीका सभापति चूडामणि भट्टले जानकारी दिए ।

कार्यक्रममा चुरे गाउपालिका अध्यक्ष चक्र बहादुर बोगटी वडा नम्बर ५ का अध्यक्ष वीर बहादुर धामी, विद्यालयका अध्यक्ष, प्रअ लगाएतको उपस्थिी रहेको थियो ।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.