अत्तरियामा भोली नेक्सु कर्नर द क्रिएटिभिटी हबले रेभो-साइन्स ०.१ कार्यक्रम गर्दै

अत्तरिया : कैलालीको अत्तरियामा बिज्ञान प्रविधी सम्बन्धीको कार्यक्रम हुने भएको छ । अत्तरिया स्थित नेक्सु कर्नर द क्रिएटिभिटी हबले यहि भदौ ३१ गते रेभो–साइन्स ०.१ नामक प्रोजेक्टको कार्यक्रम गर्ने भएको हो । आयोजक हबले शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा भदौ ३१ गते कार्यक्रम गरिने बारे जानकारी दिएको छ । उक्त कार्यक्रम बिहान ९ बजे देखि ५ बजे सम्म सञ्चालन हुने जनाइएको छ ।

हबका अध्यक्ष सुर्य बहादुर थापाले अत्तरियामा पुनर स्टीम र रोर्वट स्टीम सिकाउनका लागि खोलिएको ट्रेनिङ सेन्टरले आईतबार अत्तरियामा बिज्ञान प्रविधी कार्यक्रम गर्ने बताए । उनले अहिलेका युवाहरुलाई अगाडी बढाउनका लागि बिज्ञान सम्बन्धीको स्टीमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

Godawari_Tato hawa_Lu

यस्तै कार्यक्रम सञ्चालक दिपेन्द्र जोशीले ३१ गते हुन लागेको कार्यक्रममा सुदूरपश्चिम तथा गोदावरी नगरपालिका भित्र रहेका विद्यार्थीहरु सहभागी हुने बताउदै उनले बिद्यार्थीहरुको प्रोजेक्टहरुलाई मुल्यांकन गर्ने, रोवर्ट प्रतियोगिताहरु राख्ने, सुदूरपश्चिम क्षेत्रमा टेक्नोलोजिको विकास गर्नका लागि उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए । सुदूरपश्चिममा भएका त्यस्तो ट्यालेन्ट विद्यार्थीहरुलाई केही गर्ने बातावरण मिलाउनुका साथै उनिहरुको प्रोजेक्टलाई प्रोत्साहन गर्नु पर्छ भन्ने धारणका साथ यस्तो किसिमको कार्यक्रम गर्न लागिएको जोशीले बताए ।

संस्थापक जेनुल सिद्धिकीले कार्यक्रममा बच्चाहरुका लागि ब्यालुन कार रेस ब्यालुन बाट चल्ने एउटा कार रेस राखिएको, एक्सपोका लागि स्कूलबाट केही बनाएर ल्याउनुपर्ने र अर्को स्टीम च्यालेन्ज राखिएको बताए । त्यसमा अन स्पार्ट संग सम्बन्धीत रहेको उनले बताए ।

यस्तै नेक्सु कर्नर द क्रिएटिभिटी हबका कोषाध्यक्ष किरन भट्टले प्राविधिक शिक्षा भएको कमिलाई पूरा गरोस भन्ने उद्देश्य आफुहरुको रहेको बताउदै उनले त्यसका लागि यस संस्थाले बिभिन्न स्कुलमा गएर शिक्षक तालिम, विद्यार्थी तालिम, अभिभावक तालिम गर्ने र आगामि दिनमा विद्यार्थीहरुलाई अगाडी बढाउने लक्ष्य लिएको बताए ।

संस्थाका सल्लाहकार स्माईल चौधरीले सुदूरपश्चिममा विज्ञान र प्रविधिमा चाँसो राख्ने बालबालिका रहेकाले विज्ञान र प्रविधी संग सम्बन्धी कार्यक्रमको आयोजना गरिन लागेको बताए । यस्तो किसिमको प्रविधि स्कुलमा नभएको र बिज्ञान सम्बन्धीको संस्था नेक्सु कर्नर द क्रिएटिभिटी हबले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले विज्ञान प्रविधिमा विद्यार्थीहरुलाई अझै अगाढी बढाउन प्रदेश, संघिय र स्थानिय सरकार लगायत हामी सबैको साथ सहयोग आवश्यक पर्ने संस्थाका सल्लाहकार चौधरीले बताए । ३१ गते आयोजना हुन लागेको कार्यक्रमका लागि करिब २ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.