क्यान महासंघ सुदुरपश्चिम प्रदेशको ७औ साधारण सभा सम्पन्न 

अत्तरिया : क्यान महासंघ सुदुरपश्चिम प्रदेशको सातौ साधारण सभा सम्पन्न भएको छ । प्रदेश राजधानी धनगढी स्थित होटल ईमेजमा शुक्रबार भएको संघको बार्षिक सधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।

क्यान महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष धन बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री रमेश धामी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी मन्त्री धामीले क्यान महासंघले सहकार्य समुन्यतात्मक भूमिका खेली सूचना प्रविधिको विकासलाई सहज बनाउन सुुदुरपश्चिम प्रदेश सरकारले खेल्ने भूमिकामा आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरुको सधारण सभा सम्पन्न पश्चात क्यान महासंघको सधारण सभा सुदुरपश्चिम प्रदेशबाट सुरुवात गरेको क्यान महासंघका केन्द्रिय उपाध्यक्ष हर्क बहादुर सेटीले बताए । आज (शुक्रबार) सम्पन्न भएको प्रदेश सधारण सभा अन्य प्रदेश मध्ये सुरुवती सुदुरपश्चिमबाट भएको उपाध्यक्ष सेटीले बताए ।

बार्षिक सधारण सभाबाट बर्ष भरि भएको गतिविधिहरुलाई सार्वजनिक गर्दै आशिन्न कार्तिक १८ गते पोखरामा हुने विधान महाधिवेशनका लागि समेत बृहत छलफल भएको थियो । प्रत्येक जिल्लाहरुबाट आएको सुझाव सहित प्रदेश महासंघमा छलफल पश्चात विधान महाधिवेशनको लागि लिखित सुझाव सल्लाह केन्द्रमा पठाउने निर्णय भएको सुदुरपश्चिम प्रदेश क्यान महासंघका सचिव नरेश धामीले जानकारी दिए ।

कार्यक्रमा सुदुरपश्चिमका बिभिन्न जिल्लाका पदाधिकारी सम्वन्धित सरोकारवला पक्षहरुको उल्लेखिए उपस्थिति रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.