दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा भ¥याङबाट लडर एक वृद्वाको मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरको भ¥याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहानै आफ्नै घरको सिढी (भ¥याङ) बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए । घटनाबारे बुझ्न प्रहरी वृद्वा लडेको घरमा खटिएको प्रहरीले जनाएको छ ।
यस्तै डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो ।
आदर्श गाउँपालिकाबाट दिपायल तर्फ जाँदै गरेकोे सोहि पालिका–६ का टेक लुहारले चलाएको सुदुरपश्चिम प्रदेश ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोडमा खसेर गम्भीर घाइते भएकी थिइन्। घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो ।
उनको उपचारमा संलग्न डाक्टरले उपचार सम्भव नरहेको बताएपछि बुधवार मात्रै उनलाई घर लगिएको थियो। साउदको बिहिवार दिउँसो घरमै मृत्यु भएको हो