अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-९ सेहरीबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले सेहरीबाट धनगढी उपमहानगरपालिका -११ वेलादेवीपुर का ३५ बर्षिय हरिद्वारी रानालाई पक्राउ गरेको हो ।
सेहरी गाउँको कच्ची सडकमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
पक्राउ परेका रानामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।