कञ्चनपुरबाट २ किशोरीको उद्धार

कञ्चनपुर : कञ्चनपुरबाट २ किशोरीको उद्धार गरिएको छ । भारत जाँदै गरेका २ किशोरीको बेलौरी नगरपालिकाबाट उद्धार गरिएको हो ।

Godawari_Tato hawa_Lu

बेलौरी नगरपालिका वडा नम्बर १० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

बेलौरी– १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.