बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट एक बृद्धको मृत्यु

बैतडी : बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारीको स्क्रब टाइफसको संक्रमणबाट मृत्यु भएको हो ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्दछ । जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेका अनुसार उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो ।

थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको बताइएको छ ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.