बझाङ : बझाङको चैनपुर केन्द्रविन्दु भएर बिहीबार राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति बझाङको चैनपुर केन्द्रविन्दु भएर १०ः५२ बजे चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।
मंगलबार आएको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यत्तिहरु घाइते भएका थिए । यस्तै धेरै घरमा क्षति पुगेको थियो । केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउछन् । विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प नगएको, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको उनले बताए ।
पछिल्लोे समयदेखी नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
