लामो समय पार्टिमा योगदान दिएका प्रदेश सचिव पदका उम्मेदवार रण बहादुर चन्दको यस्तो छ राजनितिक यात्रा

चन्द सधैँ सत्य र इमान्दारितामा हिडिरहे

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा सचिव पदका उम्मेदवार रहेका छन रण बहादुर चन्द । उनी बिद्यार्थी राजनिति देखी पार्टी राजनितिमा लामो समय योगदान दिएका एक इमान्दार नेताका रुपमा परिचित नेता हुन् । २०४८ सालमा सम्पन्न आम निर्वाचनमा बैतडी जिल्लाबाट उत्तम बहादुर चन्द प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) र नेकपा संयुक्तको समर्थनमा भएका बेला रण बहादूर चन्दले आफ्नै काका हिक्मत वहादुर चन्दका साथ बैतडीको तल्लो स्वराड क्षेत्रमा प्रचार प्रसारमा लागेर प्रचारकै क्रममा कम्युनिष्ट विचारधारा बोकेका थिए । त्यो बेला देखीनै कम्युनिस्ट बिचारधारा मन पराएका चन्दले २०४९ सालमा अध्यापनका लागी धनगढी झरेसंगै पञ्चोदय माध्यमिक बिद्यालयमा भर्ना भए ।

२०५० सालमा भर्ना भएका चन्द २०५० सालमा पञ्चोदय मावि मा भएको अनेरास्ववियुको भेलाबाट प्रारम्भिक कमिटीको सचिव चयन भए । लगतै भएको जिल्ला सम्मेलनमा प्रतिनिधी पठायो । भेलामा तत्कालिन अखिलका नेता धर्मराज पाठक, रुपक सिंह, लाल वहादुर बोगटी लगायतकाको उपस्थिति रहेको थियो । २०५२ सालमा १० कक्षा उत्तिर्ण गरेर कैलाली बहुमुखी क्याम्पसमा प्रवेश गरेपछि क्याम्पस कमिटी सदस्य, सिफ्ट कमिटि अध्यक्ष, क्याम्पस कमिटि सचिब, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेका उनि २०५७ सालमा सम्पन्न स्ववियू निर्वाचनमा उपसभापतिको उम्मेदवार बने तर राम्रो मत आए पनि थोरै मत कमीका कारण पराजय भए । अनेरास्ववियु कैलालीको जिल्ला सदस्य, कोषाध्यक्ष, सचिव उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी विभिन्न समयमा उनले सम्हाले । त्यसै गरि अनेरास्ववियु सेति अञ्चल कमिटिको संयोजक भइ प्रथम अञ्चल सम्मेलन गरेको र कार्यकालमा सेतीको आवाज नामक पहिलो मुखपत्र प्रकाशन भएको थियो । चन्दले त्यसको प्रधान सम्पादकको जिम्मेवारी सम्मालेका थिए । अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य भइ लामो समय कार्य गरेका उनले विरगंजमा भएको सोह्रौ राष्ट्रिय सम्मेलनबाट बिद्यार्थी राजनितिबाट बिदा लिए ।

२०५४ सालमा नेकपा (एमाले)को संगठित पार्टी सदस्यता प्राप्त गरेका उनले सदस्यताको सपथग्रहण तत्कालिन पार्टी सचिव महेश्वर पाठकबाट लिए । २०५४ सालमा भएको पार्टीको सातौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको दुखद विभाजन भयो । विभाजनका समयमा नेकपा (माले) मा लागे । नेकपा माले हुदा उनको अधिकांश समय अनेरास्ववियुमा नै वित्यो । २०५९ सालमा नेकपा (एमाले) र नेकपा (माले) बिच एकिकरण भयो । र उनि नेकपा (माले) को तर्फबाट धनगढी नगरको एकता भएको कमिटीको सदस्य समायोजन भएका थिए । त्यसपछि धनगढी नगर कमिटिको सम्पन्न अधिवेशनबाट उपसचिव र दुई कार्यकाल सचिब पदमा रही जिम्मेवारी सम्हाली पाचौ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा उम्मेदवार भएर उनि झिनो मतबाट पराजित बने ।

छैठौ जिल्ला अधिवेशनबाट अत्यधिक मतका साथ जिल्ला कमिटि सदस्य पदमा निर्वाचित भए र जिल्ला कमिटीको बैठकले धनगढी नगर ईन्चार्जको जिम्मेवारी दिएको थियो । कुशलतापुर्वक जिम्मेवारीलाई पुरा गर्ने काम गरेका उनि २०६२, २०६३ सालमा जनआन्दोलनमा दुइ पटक गरि तिन महिना कैलाली कारागारमा कारावास सजाय तोकेको र जनआन्दोलनको विजय संगै तत्कालिन निरंकुश साशनले जेल मुक्त गरेको थियो । २०६२÷०६३ को जनआन्दोलन पश्चात स्थानिय निकाय सर्वदलिय सम्यन्त्रबाट संचालन हुने व्यवस्था गरे बमोजिम चन्द धनगढी नगरपालिकाको सर्वदलिय संयन्त्रमा २०६३ देखि २०६९ सम्म पार्टी प्रतिनिधीका रुपमा जिम्मेवारी सम्हाले । जिल्ला विकास समितिमा पनि एक वर्ष जति सर्वदलिय समयन्त्रमा उनले पार्टी प्रतिनिधिको रुपमा विवाद रहित रुपमा कुशलता पुर्वक काम गरे । २०६९ चैत्रमा सम्पन्न पार्टीको सातौ जिल्ला अधिवेशनबाट अत्यधिक मतका साथ जिल्ला सचिव पदमा विजय भएर र २०७५ साल जेष्ठ ३ गते सचिव पद कुशलता पुर्वक जिम्मेवारी सम्हाले ।

चन्द पार्टी जिल्ला सचिव हुदा स्थानिय तहको निर्वाचन २०७४ मा कैलाली निर्वाचन परिचालन तथा टिकट वितरण कार्यकर्ताका भावना बमोजिम वितरण भएकोले १३ पालिकामा ७ वटा पालिका प्रमख, ६ उपप्रमुख अधिकाशं वडा अध्यक्ष विजय गराउन सफल भए । २०७४ कार्तिक ६ गते बसेको जिल्ला कमिटीको २७औ बैठकले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन परिचालन गर्न कमिटीका सचिव चन्दको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरिएको थियो । यो निर्वाचनमा पार्टी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको बिच चुनावी एकता र पछि पार्टी एकता गर्ने सहमति भयो । जिल्ला भरी राम्रो पार्टी परिचालन गरेका चन्दले परिणाम स्वरुप कैलाली निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा, १ को (१), १ को (२) र निर्वाचन क्षेत्र नं. ५ को (२) बाहेक सबै निर्वाचन क्षेत्र विजय प्राप्त गराउन सफल भए । सो बेला कैलाली जिल्लाका ५ निर्वाचन क्षेत्रमा ४ र प्रदेशका १० निर्वाचन क्षेत्रमा ७ क्षेत्र विजय हासिल भएका थिए ।

नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बिच भएको एकता पश्चात नेकपा पार्टीको जिल्ला कार्यालय सदस्य केहि समय कार्य गरेका चन्दलाई पार्टी बिभाजन भई पुर्ववत अवस्थामै फर्केपछि जिल्ला उपाध्यक्षको जिम्मेवारी दिइयो । सो अघी विशेष अवस्थामा नेकपा पार्टीको केन्द्रिय कमिटी विस्तार गरिएको थियो । सो विस्तारित कमिटिमा चन्दलाई केन्द्रिय कमिटी सदस्य पदमा मनोनित गरिएको थियो । पार्टीको काठमाण्डौमा भएको नवौ र चिनवनमा भएको दशौ राष्ट्रिय महाधिवेशन र काठमाण्डौको गोदावरीमा भएको पहिलो विधान महाधिबेशनमा उनि प्रतिनिधिको रुपमा सहभागी भए । २०७८ पौषमा सम्पन्न पार्टीको आठौ अधिवेशनमा अध्यक्ष पदमा झिनो मत (४) बाट पराजित हुन पुगेका चन्द २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका चारैतिर घेराबन्दि र चुनौतिका बिच सामना गर्नु परेको निवार्चनमा सफलता हासिल गर्न सकिएन । उक्त निर्वाचनमा मेयरमा ९ हजार १ सय १५ मत प्राप्त भएको थियो । २०७८ सालमा चन्दलाई पार्टीको निर्वाचन विभाग सदस्यमा मनोनयन गरियो र हालसम्म यहि जिम्मेवारीमा रहेर कार्य गरिरहेका छन् । २०८० साउन १४, १५ र १६ गते धनगढीमा सम्पन्न पार्टी प्रदेश स्कुल विभागको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा सहभागी उनले स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली लगायतका नेताहरुबाट प्रशिक्षित भए ।
चन्द बिभिन्न सामाजिक क्षेत्रमा आवद्ध
चन्द बिभिन्न सामाजिक क्षेत्रमा समेत लामो समयदेखी आवद्ध रहेका छन् । रेडक्रसको आजिवन सदस्य, नेत्र ज्योतिसंघको आजिवन सदस्य, शुदुरपश्चिम संस्कृति सम्र्बधन समितिको आजिवन सदस्य, दशरथ सम्र्पक मञ्चको संस्थापक अध्यक्ष, शिवपुरी धामको आजिवन सदस्य तथा स्थायी सल्लाहकार सदस्य, कैलाली जनपुस्तकालयको आजिवन सदस्य, बेहडाबाबा मन्दिरको आजिवन सदस्य, जिल्ला सहकारी संघको सल्लाहकार सदस्य, नवजिवन सहकारी लि.को शेर सदस्य तथा सल्लाहकार सदस्य, शिवपुरी सामुदायिक वन उपझोत्ता समुहमा सल्लाहकार संयोजकको जिम्मेवारी उनले सम्हालेका छन् ।
यस्तो छ चन्दको शैक्षिक अवस्था
५ कक्षा सम्म तत्कालिन सलेना गाविस वडा नं. ९ लेक, हाल मेलौली नपा वार्ड नं. ३ प्रितिपुर प्रावि मा अध्ययन गरेका उनले ६ र ७ मा साविक सलेना गाविस हाल मेलौली नपा वार्ड नंं २ मा रहेको धर्मघर मावि मा अध्ययन गरे । कक्षा ८, ९ र १० धनगढी ५ हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले २०५२ सालमा १० को बोर्ड उर्तिण गरिसकेपछि कैलाली बहुमुखी क्याम्पसमा प्रविणता पत्र तह र स्नातक तह अध्ययन गरे ।
विदेश भ्रमण
२०७७ जेष्ठमा पार्टीका स्थायी कमीटी तथा लुम्विनी प्रदेशका संस्थापक मुख्यमन्त्रि शंकर पोखरेलको नेतृत्वमा भएको १० दिने मित्रराष्ट्र चिनको औपचारिक भ्रमणमा सहभागी हुने अवसर प्राप्त गरेका उनले भ्रमणमा चिनले गरेको विकासको मोडेलबारे राम्रोसंग अवलोकन गरे । छिमेकी देश भारतका विभिन्न शहर मुम्वै , डिल्ली , बरेली , लखनउ , दार्जलिड. लगायतका शहरमा भ्रमण गरिसकेका छन् । राननिति देखी सामाजिक क्षेत्रमा लामो अनुभव बटुलेका चन्द यस पटक पाटी प्रदेश कमिटि सचिवको उमेदवार छन् । उनले सबैको सहयोग पाएर बिजयी हुने बिश्वास ब्यक्त गरेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.