इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी पुग्यो

धनगढी : इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ । इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ ।

फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो । धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको हो । चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरेको हो । दार्चुला मालिकार्जन गाउँपालिका-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार विहान र चौधरीको शव दिउँसो नेपाल ल्याइएको थियो। गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.