कैलालीको मछेली नदीमा एक किशोरको डुबेर मृत्यु

अत्तरिया : कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ११ कोलमुडामा रहेको मछेली नदीमा पौडी खेल्ने क्रममा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ बर्षिय आर्यन लामाको मृत्यु भएको हो ।

धनगढीबाट आज पिकनिक खान गएका किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिन्द्र राज पाण्डेले बताए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.