कञ्चनपुरमा इन्जिनियर कुटपिट गर्ने निर्माण व्यवसायी पक्राउ

अत्तरिया : कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायी भीमसेन राना पक्राउ परेका छन् । प्रहरीका अनुसार ठेकेदार राना शुक्रबार (हिजो) पक्राउ परेका हुन् ।

इन्जिनियर अवस्थीले लालझाडी-२ कञ्जमा सडक निर्माण निरीक्षणका क्रममा आफूमाथि ठेकेदार रानाले कुटपिट र अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि पक्राउ परेका रानामाथि अभद्र व्यवहारमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ । सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार रानाको समूहले कुटपिट गरेको थियो । मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए ।

कन्दकला कन्स्ट्रक्सनका सञ्चालक रानाले पनि इन्जिनियर अवस्थीले आफूलाई अनावश्यक दुःख दिएको र कमिसन मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.