अत्तरिया : कैलालीको चुरेमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । चुरे क्षेत्रको सर्वाधिक धनराशिको सुदुरपश्चिमाञ्चल खुल्ला भलिबल प्रतियोगिता ‘चुरे कप २०८०’ हुने भएको हो ।
चुरे गाउँपालिका वडा नम्बर ३ मा रहेको बसर युवा क्लबको आयोजनामा यहि मंसिर २३ गते देखि उक्त प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । मिलन युवा क्लबको सहकार्यमा हुने प्रतियोगितामा बडिकेदार निर्माण सेवा प्रालि मुख्य प्रायोजक रहेको छ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार राशि ५० हजार, दृतिय २० हजार र तृतीय १० हजार पुरस्कार राशि रहेको छ । खेल नकआउट बिधिबाट खेलाईने आयोजकले बताएको छ ।
प्रतियोगितामा मंसिर २२ गते साँझ ६ बजेसम्म टिम दर्ता गर्ने मिति तोकिएको छ । उक्त प्रतियोगिता चुरे गाउँपालिकाको खेलमैदान घरखेडा वडा नम्बर १ मा हुने भएको छ ।