अत्तरिया : कैलालीको कालिका महिला सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा शिवराज खत्री चयन भएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त सामुदायिक वनको आज भएको पाँचौ साधारणसभा बाट खत्री सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा लोकेश नेपाली, सचिवमा दिपिका भट्टराई, सहसचिवमा कल्पना भट्टराई, कोषाध्यक्षमा बेल्मती खत्री चयन भएकी छन् ।
यस्तै सदस्यहरुमा गणेश ताम्राकार, साउमी चौधरी, मिना चौधरी र पवित्रा रावल चयन भएका छन् । दुईजना सदस्य नयाँ कार्यसमितिले चयन गर्ने नव निर्वाचित अध्यक्ष खत्रीले बताएका छन् ।
गोदावरी-३ मा रहेको केदार ईन्टरनेशनल बोर्डिङ स्कूलका सञ्चालक समेत रहेका खत्री बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन्।