चारदिन देखि बेपत्ता धनगढीकी एक किशोरीको शव फेला

धनगढी : बिगत चार दिनदेखि बेपत्ता भएकी धनगढीकी १६ वर्षीया किशोरीको शव फेला परेको छ । भदौ २० गते विद्यालय जान्छु भनि हिडेकी धनगढी उपमहानगरपालिका(१३ की १६ वर्षीया आस्था शर्मा शुक्रबार ९आज०  बिहान मोहना नदीमा मृत भेटिएकी हुन् ।

उनि वेपत्ता भए लगत्तै खोजीको लागि प्रहरी टोली खटिएको थियो । खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार विहान भेटिएको उक्त शवको पहिचान गर्न एक कविता लेखेको कागजले मद्दत गरेको छ । प्रहरीले शव फेला परेपछि उनले लगाएको ट्र्याकको गोजीमा एक कविता लेखिएको कागज भेटिएको कैलाली प्रहरीले जनाएको छ। मोहनामा भेटिएको उक्त शवमा चोटपटक भने नभेटिएको बताइएको छ।

सोमबार विद्यालय जान्छु भनेर घरबाट हिँडेकी १६ वर्षीया शर्मा मृत अवस्थामा भेटिएकी थिइन्। उनको मृत्युको कारण भने नखुलेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.