अत्तरियामा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु

अत्तरिया : कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मङ्गलवार दिउँसो मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार नविन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई ठक्कर दिने गाडी र चालक गोदावरी नगरपालिका वडा नम्बर २ का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा मालाखेती प्रहरीले थप अनुसन्धान गर्दैछ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.