अत्तरिया : कैलालीको चुरेमा बालबिबाह निवारण परियोजना बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि सेबा प्रदायकहरुको नसांकन प्रकाशन र बितरण सम्बन्धि छलफल गरिएको छ ।
युनिसेबको आर्थिक सहयोग निस्ट नेपालको आयोजनामा चुरे गाउपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको सभापतित्वमा छलफल कार्यक्रम गरिएको हो ।
हिंसा पीडितहरुले पाउने सेवाहरु सहजै रुपमा लिन सक्ने गरी विभिन्न निकायले प्रदान गरिने सेवाहरु एकत्रित गरेर नक्सांकन गरिएको हो ।
चुरे गाउँपालिकाले हिंसामा परेका व्यक्ति र बालबालिकाहरुलाई दिने सेवालाई शाखागत रुपमा नक्सांंकन गरिएको छ । जिल्लामा रहेको यस क्षेत्रमा संलग्न सरकारी र गैरसरकारी क्षेत्रको समेत कार्यालय, सेवा र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिएको छ ।
छलफल कार्यक्रम सेबा नक्सांकन एक द्वार प्रणाली नक्सांकन बनाइ सहयोग गरिएको छ । उक्त कार्यक्रममा गरिएको नक्सांकन चुरे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
निस्ट नेपालकि समाजिक परिचालक लक्ष्मी कुमारी लुहारले सञ्चालन गरेको कार्यक्रमको प्रशिक्षण प्रशिक्षक सुरज परियारले गरेका थिए ।