कैलालीको सुप समावेशी आधारभुत विद्यालयलाई ह्विलचियर सहयोग

अत्तरिया : कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई ह्विलचियर सहयोग गरिएको छ । लुपिक (लिडिङ युनिभर्सिटि प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन) नामक संस्थाले विद्यालयमा रहेका शारिरीक रुपमा अपांगता भएका बालबालिकाहरुका लागि विद्यालयलाई ह्विल चियर सहयोग गरेको हो ।

संस्थाले सहयोग गरेका २१ वटा ह्विलचियर (आज) बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिष्ना देवी बोहराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा नगरपालिकाकै प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, लुपिककी प्रोजेक्ट मेनेजर किम इयुन योङ्ग, सुदूरपश्चिम विश्वविद्यालयका डिन डा. भवान सिँह चलाउने, सहायक डिन मदन सिँह देउवा, उपप्राध्यापक डा. यज्ञराज पाण्डेय, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. डम्बर पाल, युएनडिपि सुदूरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरी सिँह, वडा नं. २ का वडासदस्य डबल साउँद लगायतको सहभागिता रहेको थियो ।

लुपिकले ह्विलचियरका साथै बालबालिकाहरुको मनोरञ्जनका लागि एउटा टिभी पनि उपलब्ध गराएको बताईएको छ । बिद्यालयले आवश्यक रहेका सामग्रीहरु सहयोग गरेकोमा लुपिक नामक संस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।

विद्यालयमा हाल अपांगता भएका व्यक्तिहरुलाई आवास सहितको शिक्षाको सुविधा विद्यालयले प्रदान गर्दै आईरहेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.