अत्तरियामा‌ इन्फिनिटी स्पोर्टस् एण्ड क्लब हाउसले सञ्चालनमा ल्यायो स्केटिङ

अत्तरिया : कैलालीको अत्तरियामा स्किटङ सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका-२ अत्तरिया स्थित महेन्द्रनगररोड लोटस गल्ली नजिकै इन्फिनिटी स्पोर्टस एण्ड क्लब हाउसले अत्तरिया स्केटिङ सञ्चालनमा ल्याएको हो ।

गोदावरी नगरपालिका-६ लालपुर निवासी मोहन बुढा र बिरेन्द्र बुढा दुईजना दाजुभाईले स्केटिङ सञ्चालनमा ल्याएका छन् । झण्डै १ करोडको लगानिमा स्केटिङ सञ्चालनमा ल्याईएको सञ्चालक मोहन बुढाले बताए ।

उनले व्यवसायी संगसँगै मोबाइल लतमा लागेका बच्चाहरूका केही हदसम्म भएपनी न्यूनीकरण गर्ने उद्देश्यका साथ स्केटिङ सञ्चालनमा ल्याइएको बताए । यस्तै अहिलेका युवापिडिहरु नकारात्मक क्रियाकलापमा नलागेर १/२ घण्टाको लागि भएपनि शारिरिक व्यायाम गरेर खेलमा मनोरञ्जन लिनसकुन भन्ने पनि उद्देश्य रहेको सञ्चालक बुढाले बताए ।

सञ्चालक बुढाले आगामी दिनमा इन्फिनिटी स्पोर्टस एण्ड क्लब हाउसले खेलहरु मध्ये ब्याटमिन्टन, टेबल टेनिस लगायत जुन युवा वर्गहरुलाई लक्षित गर्दै नयाँ खेलहरु सञ्चालन गर्ने लक्ष्य समेत रहेको बताए । उनले स्केटिङ गर्न आउने व्यक्तिहरूलाई विशेष मूल्यका साथ दैनिक, साप्ताहिक, १५ दिन र मासिक प्याकेज समेत ल्याएको बताए ।

अर्का सञ्चालक बिरेन्द्र बुढाले आजकलका युवाहरुले ४ पांग्रे संकेटिङ अत्यन्तै रुचाएको हुनाले स्केटिङ सञ्चालनमा ल्याएको बताए । उनले मोबाईल गेम पब्जीमा लत लागेकाहरुलाई स्केटिङले मनोरञ्जन दिलाउने बताए ।

उक्त स्केटिङको आज‌ (मंगलबार) स्केटिङ सञ्चालककी बज्यै राजु देवी बुढाले रिवन काटेर उद्धघाटन गरेकी छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.