सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

कैलाली : सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ ।

यहि मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायत महोत्सव आयोजक टीमले आइतवार निमन्त्रणा गरेका हुन् ।

आयोजक टीमले प्रधानमन्त्री लगायत अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.