अत्तरिया उद्योग बाणिज्य संघका १० जना पदाधिकारीले दिए राजिनामा

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघका १० जना पदाधिकारीले पदबाट सामुहिक राजीनामा दिएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै बरिष्ठ उपाध्यक्ष दल बहादुर खड्का सहितका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका हुन् ।

यस्तै उपाध्यक्ष (बाणिज्य) फागुराम चौधरी, (बस्तुगत) चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेमराज भन्डारीले राजिनामा दिएका छन भने सदस्यहरुमा बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का, बालकृष्ण ओझा, रमेश बोगटी र तेज बहादुर कार्कीले सामुहिक राजीनामा दिएका हुन । उनिहरुले संस्थाको मुल नेतृत्वले संस्थालाई अघि बढाउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए । उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए ।

महासचिव शंकर खड्काले अध्यक्षलाई आम माफी दिए पनि तिनै अध्यक्षको नेतृत्वमा बस्न नैतिकताले नमिलेर राजीनामा दिएको बताए । उनले माफी माग्ने र बिगो भर्ने मान्छे सार्वजनिक रूपमा भनिसकेपछि दोषी को हो भनेर जनताले आफै बुझिसकेको बताए । संस्थाका सदस्य बम बहादुर बोगटीले नक्कली टिकट प्रकरणमा आउने बित्तिकै राजीनामा दिन चाहेको भए पनि त्यति बेला सम्भव नभएको बताए । उनले १ वर्ष सम्म पनि अदालतबाट निर्णय नभएको अवस्थामा अध्यक्षले माफी मागेपछि आफूहरूले माफी दिएको बताए ।

गत बर्ष संघले आयोजना गरेको महोत्सवमा भएको नक्कली ठेली बिक्रि अदालत पुग्दा समेत मुल नेतृत्वले जिम्मेवारी लिन नचाहेको उक्त समुहको आरोप छ । आज मात्रै नक्कली ठेली प्रकरणमा जारी मुद्धा दुबै पक्षले सहमति बाट मिलापत्र गरेका थिए । अदालतमा मुद्धा चलेका संघका पदाधिकारीको उपस्थितिमा मिलापत्र गरिएको थियो ।

गत बर्षको महोत्सवमा संघकै पदाधिकारीले महोत्सवमा नक्कली ठेली भेटाएपछि संघका अध्यक्ष कल्याण सिँ बोहराले ४ जनाको नाम किटानी दिएपछि मुद्धा बिचाराधिन रहँदै आएको थियो । संघका बहुमत सदस्यले राजिनामा दिएपछि अब अध्यक्ष पक्ष अल्पमतमा परेको छ ।

अत्तरियाका ब्यबसायीहरुले भने नक्कली ठेली प्रकरण पछि संघका पदाधिकारीले नैतिकताको आधारमा राजिनामा दिएर बिशेष अधिबेशनमा जानुपर्ने माग गर्दै आएका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.