कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मंगलवार राति घोडाघोडी नगरपालिका-१ डोडापुलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

से ३ प ७६७३ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका छन् ।

उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.