अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि सरोकारवालासंग छलफल गरिएको छ ।
केयर नेपाल,आइडिइ नेपालको आर्थिक सहयोगमा सञ्चालित पोषण परियोजना अन्तरगत याक नेपालले गोदावरी नगरपालिकाको स्वास्थ्य शाखासंग समन्वय गरि उत्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगरपालिकाभित्र कुपोषणको अवस्था र अन्त्यका लागि भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।
उनले अझै पनि कुपोषित बालबालिकाको सङ्ख्या अपेक्षा अनुसार घट्न नसकेको बताए । कुपोषण अन्त्यका लागि उपयोगी कार्यक्रम ल्याउनु आवश्यक देखिएको उनले बताए ।
त्यस्तै याक नेपालका कार्यक्रम संयोजक जगत उपाध्यायले कुपोषण अन्त्यका लागि स्थानीय तह,स्वास्थ्य संस्थाहरु संगै सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको पनि भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु,शाखा प्रमुखहरु,नगर भित्र रहेका १६ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । याक नेपालले चालु आर्थिक वर्षदेखि गोदावरी नगरपालिकामा बालबालिको पोषणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।