अत्तरिया : कैलालीको चुरेमा वन डढेलो नियन्त्रण सम्बन्धि कार्यक्रम गरेको छ । चुरे गाउँपालिका-६ मथुरे भावरमा रहेको सिद्ध हरियाली सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सिद्ध हरीयाली सा.ब.उ.स.का अध्यक्ष लाल बहादुर रावतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती चुरे गा पा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद रहेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष साउदले बनमा आगो नलाउन आग्रह गर्दै वनमा आगलागी भएमा पानीको मुहान सुक्ने, बोट बिरुवा हुर्किन नपाउने लगायतका बिभिन्न समस्या हुने भएकाले सबैले सचेत रहन आग्रह गरे । उनले वन जंगल जोगाउन हामी सबैको दायित्व भएकाले सबैले आ-आफ्नो ठाउबाट लाग्न अनुरोध गरे । आगलागीले वनमा पाईने दालचिनी, टिमुर लगायतका बिभिन्न जडिबुटी पनि नष्ट हुने उनले बताए ।
त्यस्तै कार्यक्रममा बिशिष्ठ अथिती इलाका प्रहरी कार्यालय फल्टुडे प्रमुख दिपक बिष्ट रहेका थिए । यसैगरी कार्यक्रममा चुरे युवा क्लबका अध्यक्ष गणेश नाथ योगी, जनता माबिका बिव्यस अध्यक्ष पुरन सिजाली, जनता सा.ब.उ.स. का कोषाध्यक्ष पदम रावत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सिद्ध हरियाली सामुदायिक वन उपभोक्ता समूहकि कोषाध्यक्ष निर्मला रावतले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन नरेश नाथ योगीले गरेका थिए ।
