गेटा अस्पतालमा वैशाख महिनाभित्र थपिँदैछन् तीन सेवा

काठमाडौं : यही वैशाख महिनामा संघीय अस्पतालमा सुरु गर्न लागिएका सेवाहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनस‌ंख्या प्रदीप मन्त्री पौडेलको नीति अन्तर्गत वैशाख महिनामा थप तथा विस्तार गरिने १५ सेवाको सूची सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार वैशाख महिनामा धनगढीको गेटा अस्पतालले मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्टको सेवा विस्तार गर्नेछ ।उक्त सेवाहरु वैशाख तेश्रो साताभित्र एकै साथ सञ्चालन हुनेछन् ।

Godawari Nagarpalika

यसैगरी, वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तार गर्नेछ । वैशाख दोस्रो साता वीरको आइसीयूमा नौ शैय्या थप गरिने सूचीमा उल्लेख छ ।

सार्वजनिक गरिएको सूचीअनुसार चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा थप गरिने भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ ।नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या थप गर्ने तयारी छ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाखको अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ जानकारी दिइएको छ । जीपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता सञ्चालनमा ल्याउनेछ ।

गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिएका थिए । चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन गर्दै लगिने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.