अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका -२ चौमालामा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन ।
बुधबार साँझ ५:१५ बजेतिर पुरानो चौमाला बजार देखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा स्थानीय अन्दाजी ६०/६२ वर्षीय नर बहादुर ताम्राकार बेपत्ता भएका हुन ।
खोलामा बाढी आएको बेला तर्न खोज्दा उनी बगेर बेपत्ता भएको स्थानीय हेमन्त राज जोशी (बाजे) ले बताएका छ्न ।
ईलाका प्रहरी कार्यालय चौमालाले बेपत्ता भएका ताम्राकारको खोजी जारी रहेको जनाएको छ ।
