अत्तरिया : कैलालिको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व १८ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५औ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको हो ।
शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। जसमा संघिय सरकार बाट आउने बित्तीय समानिकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपुरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख रहेको उनले बताए ।
यस्तै प्रदेश सरकार बाट आउने बित्तीय समानिकरण तर्फको बजेट १ करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेशनबाट ६ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए ।
त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिग्यापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैंक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको बताइएको छ ।
यसैबिच नगरप्रमुख भट्टले नगरको अनुमानित खर्च बिवरण पनि प्रस्तुत गरेका थिए । जसमा नगरका विभिन्न शाखाहरुका लागि आवश्यक पर्ने अनुमानित बजेट छुट्याइएको छ । नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालू तर्फ र ३१ प्रतिशत पुँजिगत तफ्र बिनियोजन गरिएको छ ।
