आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु, अर्थमन्त्रीले उद्घाटन गर्ने

धनगढी : कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव आज (सोमवार) देखि सुरु हुदैछ।

यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले संघले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो।

Godawari_Tato hawa_Lu

मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले आइतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। आज बिहान ११ बजे धनगढीको चौराहादेखि महोत्सव परिसरसम्म झाँकीसहित र्‍याली निकालिएको छ। दिउँसोको २ बजे महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने संघले जानकारी दिएको छ।

करिब तीन करोड रुपियाँ लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने संघका अध्यक्ष पुस्करराज ओझाले बताए। उनले सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने उल्लेख गरे।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायतको गरेर ५०० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.