सुदूरपश्चिम महोत्सव–२०८२को अवधि पुस ६ गतेसम्म बढाइयो

धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव–२०८२को अवधि उत्साहजनक सहभागिता र दर्शकको बढ्दो चापलाई मध्यनजर गर्दै पुष ६ गतेसम्म बढाइएको छ। कैलाली उद्योग वाणिज्य संघका अनुसार आठौं दिनसम्म करिब १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ भने अनुमानित ३ लाख दर्शकले महोत्सव अवलोकन गरेका छन्।

Godawari_Tato hawa_Lu

 

यो महोत्सवले स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन र सांस्कृतिक पहिचान उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवको १९औं संस्करण हो।

 

संघका अध्यक्ष पुष्कर राज ओझाले सहयोग गर्ने व्यवसायी, प्रायोजक, सुरक्षा निकाय, कलाकार, सञ्चारकर्मी र दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोग र सहभागिताको अपेक्षा व्यक्त गरे। आयोजकले महोत्सवलाई प्रदेश मात्र नभई राष्ट्रकै नमुना बनाउने उद्देश्यले सबै राजनीतिक दल, सरकार, संस्था, पत्रकार र आम नागरिकलाई सक्रिय सहभागितामा आह्वान गरेको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.