काठमाडौँ : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज स्वीकृत गरेको कार्यक्रमअनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता सुरु हुने आयोगले जनाएको छ ।
असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उमेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ । दशैँको बिदा सकिने बित्तिकै भोलिपल्ट नै कार्यालय खुल्नेछन् ।