गोदावरीमा आन्तरिक पर्यटकको भिड (फोटोमा हेर्नुहोस् )

अत्तरिया : कैलालीको गोदावरीमा आन्तरिक पर्यटकको भिडभाड लागेको छ । नेपालीहरुको महान पर्व तिहार सकिए लगत्तै गोदावरी नगरपालिका-४ स्थित गोदावरीमा वनभोज खाने र काठे पुलमा फोटो खिच्नेको भिड लागेको हो ।

गोदावरीमा दशकौँ अगाडि निर्माण भएको जीर्ण काठे पुलमा हिजो आज मात्रै नभएर दैनिकनै आन्तरिक पर्यटकको भिड हुने गरेको छ । यो समयमा झनै गोदावरीको पुल र वरपरको क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ रहेको छ ।

गोदावरी क्षेत्रमा सबैभन्दा बढी टिकटक बनाउने र फोटो खिच्नेको भिड हुने गरेको गोदावरी अस्थाई प्रहरी चौकिका ईन्चार्ज प्रहरी सहायक निरिक्षक दिल बहादुर बोगटीले बताए । उनले पर्यटकको भिडभाड भएपछि चार\पाच जनाको टोली बनाएर सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । दैनिक हजारौको संख्यामा गोदावरीमा आन्तिरक पर्यटक आउने गरेको प्रहरी सहायक निरिक्षक बोगटीले बताए ।

त्यस्तै पुलकै छेउमा वनभोज खानेको पनि भिड लागेको छ । कैलालीको टीकापुर, धनगढी, कञ्चनपुरको महेन्द्रनगर, पुनर्वास लगायतका ठाउबाट आन्तरीक पर्यटकहरु आउने गर्दछन् । देउसी भैलोबाट संकलन गरिएको पैसाबाट धेरैजसो वनभोज खाने गर्दछन् ।

काठे पुलमा गोदावरीका स्थानीय युवाले राष्ट्रिय झण्डाले सजाएपछि झनै आकर्षण बढेको छ । आँठ वर्ष यता उक्त पुलमा यातायातका साधन आवागमनमा रोक लगाइएपछि अहिले उक्त पुल पनि आन्तरिक पर्यटकका लागि टिकटक बनाउने र फोटो खिच्ने ठाउ बनेको छ ।

सुदुरपश्चिकै पर्यटकिय तथा धार्मिक स्थल गोदावरीबाट सुदुरका सात पहाडी जिल्लाको आवत जाउवत हुन्छ । सो क्षेत्रमा काठे पुलसंगै मठमन्दिर र नेपालकै अग्लो हनुमानको मूर्ति पनि छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.