चौमाला बजारमा भिषण आगलागी, ४ पसल जलेर नष्ट

अत्तरिया : कैलालीको चौमाला बजारमा आगलागी भएको छ । गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आज साँझ आगामी भएको हो ।

चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको प्रहरीले बताएको छ । मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ६ ओटा पसल जलेको इलाका प्रहरी कार्यालय चौमालाले बताएको छ ।

प्रहरीका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईएको बताइएको छ।

आगो निभाउन घोडाघोडी, गोदावरी नगरपालिका दमकल आएको थियो । तर दमकल ढिला पुगेको थियो । गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा क्षति भएको बताईएको छ ।

आगलागीबाट हिमाल मोबाइल ग्यालरी, लुम्बिनी होटेल, बहराय मोबाइल ग्यालरी र भण्डारी किराना पसर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । पशुपती डम्मरा सप्लायर्स र आचार्य शु सेन्टरमा आंशिक क्षति भएको बताइएको छ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.