चौमाला बजारमा आगलागी हुदा १ करोड बढीको क्षति

अत्तरिया : कैलालीको चौमाला बजारमा शनिबार राती भएको आगलागी बाट १ करोड बढीको क्षति भएको छ । गौरीगंगा नगरपालिका–१ स्थित चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा बिद्युतको लाईन सट भएर आगलागी हदा ६ पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी नजिकै रहेको मोबाइल पसल, २ वटा किराना पसल, १ हार्डवेयर पसल र १ होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ।

आगलागीबाट १ करोड १३ लाख ५० हजारको क्षति भएको प्रहरीले बताएको छ । गौरीगंगा नगरपालिका १ चौमाला बस्ने बिष्णु कुमार पाण्डेको लुम्बिनी होटलमा १ लाख ५० हजार बराबरको क्षति भएको छ भने, जयसिंह भण्डारीको भण्डारी किरानामा १५ लाख, पारस सापकोटाको बहराय मोबाइल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको हिमाल मोबाइल ग्यालरीमा १२ लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

यस्तै सोही ठाउँका छविलाल खनालको पशुपती डम्मरा सप्लायर्समा ४५ लाख बराबरको क्षति भएको छ भने टंक प्रसाद आचार्यको आचार्य शुसेन्टरमा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.