उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरियो छठ

अत्तरिया : मिथिला क्षेत्रको लोक आस्थाको पर्व छठ सोमबार (आज ) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिएको छ ।

पञ्चमी तिथिका दिन मंगलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरेका हुन् ।

सोमबार बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ। मिथिलामा सूर्योदयको टुंगो मिथिला पञ्चांग र विद्यापति पञ्चांगका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा मौसम सफा भएकाले व्रतालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन् ।

यसअघि व्रतालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरेका थिए । कैलालीको धनगढी र अत्तरियाका नदीकिनारमा व्रत गरेका श्रद्धालुले पनि उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ सम्पन्न गरेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.