प्रधानमन्त्री देउवा कात्तिक १७ गते डडेल्धुरा जादै

डडेल्धुरा : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १७ गते गृहजिल्ला डडेल्धुरा जानुहुने भएको छ ।

डडेल्धुराबाट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहनुभएका देउवा चुनावी कार्यक्रमका लागि डडेल्धुरा जानुहुने भएको हो ।

कात्तिक १७ गतेदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले बताउनुभयो ।

त्यहाँको चारदिने कार्यक्रम सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला फर्किने डडेल्धुराका सभापति साउँदले बताउनुभयो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.