कैलालीका पत्रकार भट्ट सम्मानित

धनगढी : कैलालीका पत्रकार समीर भट्ट सम्मानित भएका छन्। उनी सोमबार सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालद्वारा सम्मानित भएका हुन् ।

पत्रकार भट्टलाई अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तहसम्म पुर्‍याउन अहम् भूमिका निर्वाह गरेको भन्दै सम्मानित गरिएको हो ।

Godawari Nagarpalika

धनगढीमा सबैका लागि पढाई कार्यक्रमको सेवा अवधि सकिएको जनाउनका लागि आयोजित कार्यक्रममा उनलाई प्रमुख अतिथि रहेका राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

पत्रकार भट्ट सोधपत्र डटकमका प्रकाशकका साथै रेडियो धनगढी र धनगढी खबर डटकममा समाचार संयोजकको रुपमा कार्यरत छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.