बैतडी : जिल्लाको पाटन नगरपालिकामा आज(बुधबार) सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पाटन २ स्थित महारुद्र मन्दिरमा मेला लाग्ने हुँदा बुधबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ । महारुद्र धाममा हरेक वर्ष कार्तिक शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको दिनमा मेला लाग्ने गर्दछ ।