गोदावरी-बान्द्रेखाल सडक ढाई किलोमिटर कालेपत्रे गर्न ५ बर्ष

रोकिएको सडकको काम आजबाट पुनः शुचारु

धुर्ब ओझा/अत्तरिया : कैलालीको मालाखेतीमा रोकिएको गोदावरी-बान्द्रेखाल सडकको काम आजबाट पुनः शुचारु भएको छ । गोदावरी ३ मालाखेती देखी १० नम्बर वडा सम्म २.५ किलोमिटर सडक कालोपत्रेका लागि २०७७ जेठबाट काम शुरु भएको थियो । २०७७ जेठबाट शुरु भएको काम पटक-पटक को विवाद, जनप्रतिनिधी र स्थानियले समुन्वय नगर्दा अहिले सम्म रोकिएको थियो ।

बिभिन्न कारणले गर्दा एक बर्षमा सकिने काम ५ बर्ष लाग्ने भएको छ । निर्माण कम्पनीको लापरवाही, जग्गाधनीको विवाद, सडक पूर्वाधार र स्थानिय जनप्रतिनिधीले सहजीकरण नगर्दा काम रोकिएको स्थानियले बताए । २०७६ मा एडभेन्चर थेगिम सन्लाईट कम्पनी संग सम्झौता भएको तर २०७७ जेठबाट मात्रै काम शुरु भएको थियो । जेठबाट शुरु भएको काम अषाढ लाग्ने बित्तिकै रोकिएको थियो ।

सोही काम मंसिरमा गएर पुनः शुचारु गरिएको थियो भने फेरी माघी र नयाँ बर्षमा कामदारहरु घर जादा काम रोकिएको थियो । काम शुरु भएदेखी २०७७ मा करिब ५ महिना काम सञ्चालन गरिएको थियो । त्यस्तै २०७८ मा काम संचालनकै क्रममा अषाढमा आएर स्थानिय जग्गाधनीले अवरोध गरेका थिए । जग्गाको बिवादका कारण भएको अवरोध लगायतका बिभिन्न कारणले काम लामो समय सम्म रोकिएको हो ।

एक बर्षमा कालोपत्रे गरी सम्पन्न हुने सडक सम्झौताको मितीदेखी हाल सम्म ४ बर्ष पुग्यो । २०७६ मा एडभेन्चर थेगिम सन्लाईट कम्पनी संग ५ करोडमा सम्झौता भएको सडक पुर्वाधार विकास कार्यालय धनगढीका सवईन्जिनियर ओम प्रकाश जोशीले बताए । अहिले उक्त सडक नाली सहित १ किलोमिटर पानि पिच निर्माण सम्पन्न भएको र १५ सय मिटर काम गर्न बाँकी रहेको उनले बताए । २०७८ माघमा सडक निर्माणको म्याद समाप्त भई २०८० अषाढ मसान्तमा सक्नेगरी पुनः म्याद थप गरीएको छ ।

हिजोका दिनमा स्थानिय जनप्रतिनिधीले सहजीकरण नगरीदिदा सडक निर्माणको कार्य रोकिएको निर्माण व्यवसायीका प्रतिनिधी नारायण कँडेलले बताए । उनले अहिले आएर गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, गोदावरी ३, १०, ११ र १२ नम्बरका वडाध्यक्ष लगायत सबैको सहकार्यमा काम पुनः शुचारु भएको बताए ।

उनले अब सडकको विचबाट दुबैतिर ६\६ मिटर लिने गरी सम्झौता भएको बताए । यो भन्दा अगाढी अमिन ल्याएर जमिन र बाटो छुट्याउदै काम गरिएको थियो । अषाढ मसान्तमै काम सम्पन्न गर्ने गरी आजबाट निरन्तर रुपमा काम अगाढी बढ्ने निर्माण व्यवसायीका प्रतिनिधी कँडेलले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.