कैलालीको गौरीगंगामा ट्याक्टर व्यवसायी आन्दोलित

अत्तरिया : कैलालीको गौरीगंगामा ट्याक्टर व्यवसायी आन्दोलीत बनेका छन् । नगरपालिकाले खोला जन्य प्राकृतिक स्रोतहरु गिटी तथा वालुवा निकासीका लागि अहिले सम्म सूचना नगरेको भन्दै आन्दोलित बनेका हुन् ।

आज गौरीगंगा नगरपालिकाको कार्यालयमा नगरका ट्याक्टर व्यवसायी, मजदुरहरु ट्याकटर सहित आन्दोलनमा उत्रेका हुन् । बर्खाको समयमा अषाढ देखी भदौ सम्म तीन महिना खोला बन्द गर्ने गरिएको र असोजमा खुलाईन्छ तर अहिले सम्म पनि खुल्ने कुनै सुरसार नदेखिएपछि आन्दोलनमा उत्रिन बाध्य भएको व्यवसायी डेबिट कठायतले बताए ।

उनले ट्याक्टर व्यवसायी,ट्याक्टर मजदुर र ट्याक्टर चालकहरु मारमा परेको बताएका छन् । खोलाक्षेत्रवाट गिटीबालुवा निकाल्न अहिले सम्म अनुमति नदिएपछि आफुहरुको गुजरा चलाउन समेत समस्या पर्न थालेको मजदुरहरुले गुसानो गरेका छन् ।

उता नगरपालिकाले भने सरकारले रेट बढाएकाले नगरपालिकाले पनि त्यही दर रेटमा टेण्डर खोलेको तर कसैले पनि टेण्डर नहालेकोले खोलानाला अहिले सम्म खुल्न नसकेको बताएको छ ।

टेण्डरका लागि शुरुमा १ महिने सूचना करिब ३ करोड र अर्को पटक १५ दिने सूचना १ करोड ९० लाखमा निकालेको तर टेण्डरका लागि कुनै पनि व्यवसायीको निवेदन नपरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिदत्त भट्टले बताए ।

उनले फेरी पनि नगरपालिकाले १५ दिने सूचना निकाल्ने तयारी गरेको बताउदै सोही निर्णय र छलफल अनुसार अहिले ट्याक्टर व्यवसायी पनि फर्किएका बताए । आर्थिक मन्दीका कारण अहिले बैंकहरुले लगानी नगरेकाले व्यवसायीहरुलाई पनि मार परिरहेको प्रसासकीय अधिकृत भट्टको भनाई छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.