इम्प्याक्टद्धारा कानको निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन

अत्तरिया : कैलालीको अत्तरिया स्थित बनखेतमा रहेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्रले निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन गरेको छ । इम्प्याक्ट नेपालको आयोजना र सि.बि.एम. संस्थाको आर्थिक सहयोगमा यहि कार्तिक १८ गते देखी २३ गते सम्म शिबिर सञ्चालन हुनेछ ।

शिबिरमा शिक्षण अस्पताल काठमाण्डौ नाक,कान,घाटी रोग विभागका विशेषज्ञ डाक्टरहरुद्वारा कानको निःशुल्क शल्यक्रिया गरिने भएको छ। ६ दिन सम्म संचालन हुने शिविरमा ७५ देखी ८० जना सम्मको निःशुल्क शल्यक्रिया गरिने योजना रहेको संस्थाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए । उनले शुक्रबार पहिलो दिनमा ८ जनाको शल्यक्रिया गरिएको बताए ।

इम्प्याक्ट नेपालले यस अघि पनि कान उपचार केन्द्र अत्तरियामा निःशुल्क शल्यक्रिया गर्नुका साथै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पनी शिविर संचालन गरी ३५० जनाको कानको अप्रेशन गरेको परियोजना अधिकृत बोगटीले बताए । संस्थाले २२९ जना बहिरोपना भएका व्यक्तिहरुलाई श्रवण यन्त्र मेशिन (Hearing aid) उपलब्ध गराएको छ भने करिब २३ हजार ९५२ जनाले कान उपचार केन्द्रबाट सेवा लिएको बताए । यसका साथै निःशुल्क घुम्ती शिविर संचालन गरी ९८ हजार ५५६ जनालाई कान स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गरेको परियोजना अधिकृत बोगटीले बताएका छन् ।

स्थानिय क्षेत्र तथा सरकारी स्वास्थ्य संस्थाबाट कान सम्बन्धि बिरामीहरुले सहजै सेवा पाउन भन्ने उद्देश्यले बिभिन्न संस्थाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान समेत गरी सकेको उनले बताए । प्रत्येक वर्ष सरकारी स्वास्थ्यकर्मीहरुलाई त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौबाट १ महिने कान सम्बन्धी आधारभूत अटोलोजी तालिमका साथै तालिम पश्चात आवश्यक कान चेक जाँच सम्बन्धी उपकरण प्रदान गर्दै आइरहेकोमा आज सम्म विभिन्न स्वास्थ्य संस्थाका गरी २९ जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको परियोजना अधिकृत बोगटीले बताए ।

बिगत साढे ४ बर्ष देखी सुदूरपश्चिममा अपागंताको क्षेत्रमा तथा बहिरोपना रोकथामका लागि काम गर्दै आइरहेको इम्प्याक्ट नेपालले कान स्वास्थ्य सम्बन्धि सम्पुर्ण उपचार गर्दै आईरहेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.