अत्तरिया : अखिल नेपाल महिला संघ (अनेमसंघ) गाेदावरी नगर कमिटीको चुनावी रणनीतिक भेला सम्पन्न भएको छ ।
भेलामा मंसिर ४ मा हुने आसन्न निर्वाचनका बिषयमा छलफल गरिएको बताईएको छ । संघका नगर कमिटी अध्यक्ष संगिता बि.क.ले पार्टीलाई जिताउन अनेमसंघले के कस्तो भुमिका निर्वाह गर्ने भन्ने बिषयमा छलफल भएको बताईन् ।
उक्त भेलामा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य डिल्लीराज भट्ट, कैलाली जिल्ला सदस्य कृष्णराज जाेशी, आनन्द भट्ट, रत्ना जाेशी लगाएतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
