अछाम : अछामको बिउनी-मटेना ग्रामिण सडक आज (शनिबार) बाट सुचारु भएको छ । चौरपाटि गाउँपालिका वडा नम्बर १ सिउडिको बिउनी-मटेना ग्रामिण सडक आजबाट सुचारु भएको हो ।
अबिरल बर्षाले ५ महिना देखि अवरुद्ध रहेको सडक गाउँपालिकाले डोजर लगाएर सुचारु गरेको छ । निरन्तर अविरल वर्षाका कारण पहिरोले गाउँसम्म सञ्चालनमा आएको सडक अवरुद्ध भएपछि अहिले गाउँपालिकाले उक्त सडक सुचारु गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।
उनले करिब ४ किलोमिटर सडक खुलाउनुका साथै फराकिलो समेत बनाईएको बताए । गाउँपालिका लगायतका स्थानीयवासीलाई आवागमन कार्यमा निकै सास्ती खेप्नुपरेको थियो ।
हरेक नागरिकहरुलाई स्थानिय सरकारको महशुस हुने गरि काम गर्दै अगाडि बढीरहेको बताउदै अध्यक्ष साउँदले प्रत्येक वडाका टोलहरुलाई सडक सञ्जालमा जोडिने बताए ।
उनले पालिकाको समग्र बिकासका लागी आफु प्रतिबद्ध रहेको बताए । पालिकाको समग्र शिक्षा, स्वास्थ्य, कृषि सिंचाइ, खानेपानी, विद्युत, खेलकुद लगायतका क्षेत्रलाई पहिलो प्राथमिकता राखेको बताए । बिउनी-मटेना ग्रामिण सडक सुचारू भएपछि स्थानीयहरुले आवतजावतमा सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए ।