अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ७ का चन्द्र बहादुर साउँदले नेकपा एमाले परित्याग गरेको भनेर फैलाइएको खबर झुटो भएको बताएका छन ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले संचारमाध्यममा आफूले एमाले त्यागेर कांग्रेस प्रवेश गरिएको भनेर खवर प्रकाशित गरिएको भएपनि सो खबरमा सत्यता नरहेको बताएका छन ।
वडामा एमालेका संगठित सदस्य रहेका साउँदले विज्ञप्तीमा एमालेलाई कमजोर बनाउन उक्त सडयन्त्र गरिएको उल्लेख गरेका छन ।
‘यस गोदावरी नगरपालिका – ७ को नेकपा एमाले पार्टीलाई कमजोर गर्नको लागि उक्त कार्य गरेकोले म नेकपा एमालेमै रहेको यस प्रेश विज्ञप्ती मार्फत सम्पुणलाई जानकारी गराउन चाहन्छु’ विज्ञप्तीमा भनिएको छ ।
