देशमा राेजगारि स्थापना गर्न एमालेकाे सरकार बन्नु पर्छ: लेखराज भट्ट

अत्तरिया : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले देशमा राेजगारि स्थापना गर्न एमालेकाे सरकार बन्नु पर्ने बताएका हुन ।

गाेदावरी नगरपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट तथा घर दैलाे कार्यक्रममा बाेल्दै उनले एमालेकाे नीति देशमा उधोग स्थापना राेजगारी प्रदान गर्न रहेकाे बताएका हुन ।

एमालेकाे सरकारले देशमा राेजगारी स्थापना गर्नका लागि देशका विभिन्न क्षेत्रमा उद्योगकाे सिलन्यास गरिसकेकाे बताउदै उनले गठबन्धन सरकार जनताकाे सुखिका दिन देख्न नसकेर सबै याेजना राेकेकाे बताए ।

काठमाण्डाै र सुदूरपश्चिमकाे शैक्षिक गुणस्तर एउटै बनाउन शिक्षा क्षेत्रका सघसस्था र राजनितिक दल एक ठाउमा बस्नु पर्ने बताए । उनले सस्थागत र निजि बिधालयकाे बिकासका लागि प्रतिबद्ध रहेकाे बताए ।

अब्यवस्थित, सुकुम्वासि र भुमिहिनकाे ब्यवस्थापनका लागि एमालेले सरकारकाे नेत्रित्व गर्न आवश्यक रहेकाे बताउदै उनले गठबन्धनले सरकारले भुमि आयाेग माफर्त ब्यबस्थापन गर्दा अवराेध गरेकाे आराेप लगाए ।

भुमि आयाेगले लालपुर्जा बितरण गर्ने तयारी गरिरहेका बेला गठबन्धन सरकारले आयाेग बिगठन गरेकाे बताउदै उनले भुमिकाे समाधान एमाले सरकारले मात्रै गर्न सक्ने बताए ।

उनले गठबन्धन सरकारले लालपुर्जा वितरणका नाममा जनताबाट पैषा असुल गर्न खाेजेकाे आराेप लगाए । कैलालीका केही ठाउमा त एक कट्टाकाे लाखाै रकम समेत ताेकेकाे गुनासाे गरे ।

यस्तै क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरि सिह साउदले जनताका आवश्यकता पुरा गर्न एमालेकाे सरकार बन्नु पर्ने बताए । उनले जनताकाे शिक्षा स्वास्थ्य र आवासमा सहज पहुच बनाउन मंसिर ४ पछि एमालेकाे सरकार बन्न आबश्यक रहेकाे बताए ।

गाेदावरी नगरपालिकाे ५ बर्षे कार्यकालमा जनतालाई शिक्षा स्वास्थ्यकाे सहज पहुचमा ल्याएकाे बताउदै उनले भुमि व्यवस्थापन, बाटाेकाे स्तराेउन्तती र कटान नियन्त्रणलाई पहिलाे भुमिकामा राखेर काम गरेकाे बताए ।

गाेदावरी नगरपालिकाका विगट गाउमा बाटाे, बिधुतीकरण, स्वास्थ्य सेवा लगाएतका सेवा पुगाएकाे दावि गर्दै उनले बाकि रहेका बिकास काम अवका ५ बर्षमा पूरा गर्ने आश्वासन दिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.