सुदुरपश्चिमा भुकम्पको ठुलो धक्का महसुस

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा बुधबार राति भुकम्पको ठुलो धक्का महसुस भएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्जस्थित खप्तड बाबाको आश्रम नजिकै केन्द्रबिन्दु बनाएर राति २ बजेर १२ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमसहित कर्णाली प्रदेश लगायतका जिल्लासम्म भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

मंगलबार राति ९ बजेर ७ मिनेटमा पनि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ५ दशमलव ७ म्याग्नीच्युयडको भुकम्प गएको थियो भने राति ९ बजेर ५६ मिनेटमा पनि पराकम्प गएको थियो ।

पटक-पटक भुकम्पको धक्का महसुस भईरहेकाले सचेत रहन आग्रह गरिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.